प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना प्रति दुःख व्यक्त
काठमाडाैं | जेठ १६, २०७९
काठमाण्डौँः प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्तप्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्यहरु र यात्रुहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान मुस्ताङको थसाङ गाउँपालिका–२ सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जनाको निधन भएको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

